डीआईजी बढुवाविरुद्ध अन्तरिम

Posted: December 25, 2012 in By Deepak Kharel

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको छ । मन्त्रिपरिषद्ले पुस ४ गते श्यामबहादुर खड्का, नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध प्रहरी वरिष्ठ उपरीक्षकहरू रविप्रताप राणा, पूर्णसिंह खड्का, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल, ज्ञानोदयराज वैद्य र राजबहादुर बिष्टले संयुक्त रूपमा आइतबार दायर गरेको रिटको पहिलो सुनुवाइमै न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले अन्तरिम आदेश दिएको हो । आदेशमा आफूहरूभन्दा कनिष्ठहरूलाई कानुन र वरिष्ठता मिचेर बढुवा गरिएको भन्ने दाबी रहेकाले मन्त्रिपरिषद्को पुस ४ गतेको बढुवाको निर्णय जुन अवस्थामा पुगेको छ, सोही अवस्थामा यथास्थितिमा राख्नु भनिएको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे छलफल गर्न पुस १६ गते दुवै पक्षलाई अदालतमा हाजिर हुन पनि भनेको छ । छलफलका लागि व्यक्तिगत विवरणसहितका आवश्यक सक्कल फाइल ल्याउन पनि सरकारलाई आदेश भएको छ ।

प्रकाशित मिति: २०६९ पुस १० ०८:३६

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.