पब्लिक फाईनान्स लिमिटेडका ठगी गर्ने संचालकहरु पक्राउ

Posted: December 24, 2012 in By Deepak Kharel

केन्द्रीय अनुसन्धान ब्यूरो
Pratap

Radesh

Ramnarayan

Roshan
अदालतहरूको बिभिन्न मितिको फैसला कार्यान्वयन गर्ने सिलसिलामा पब्लिक फाईनान्स को(अपरेटीभ लिमिटेड ठगी मुद्दाका फरार प्रतिबादिहरु राम नारायण प्रधान, रोशन श्रेष्ठ, प्रताप के।सी र रादेश कुमार प्रधान समेत ४ जनालाई यस ब्यूरोको टोलिले पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको छ ।
२०५५ सालमा काठमाण्डौं, कमलादीमा बैंकिङ्ग कारोबार गर्न खोलिएको पब्लिक फाईनान्स को(अपरेटीभ लिमिटेडका संचालक, पदाधिकारी र कर्मचारी रहेका निज ब्यक्तिहरुले प्रचलित ब्याजदर भन्दा बढी ब्याज दिने, प्रत्येक निक्षेप(कर्ताहरुलाई सुनको सिक्का दिने जस्ता आकर्षक प्रलोभनमा पारी सर्बसाधारणलाई झुक्याई निक्षेप जम्मा गर्न लगाई मिति २०६०।०५।१२ गतेदेखि संस्था नै बन्द गरी संकलित निक्षेप तथा ब्याज समेत फिर्ता नगरी रु २,००,६३,२०८।९४ रकम ठगी गरी फरार रहेका थिए ।
निजहरुले संस्थाको नाममा सहकारी ऐनको परीधिभन्दा बाहिर गई निक्षेपकर्ताको बचत सुरक्षण विना मनपरी ढंगले कृतिम ब्यक्तिहरु श्रृजना गरी, नागरिकता प्रमाण(पत्रको प्रतिलिपि मात्र राखि, हातको तथा खुट्टाको किर्ते छाप लगाई ऋण प्रवाह गरी रकम हिनामिना गरेका थिए भने वचतकर्ता तथा संस्थाको नियम विपरीत विना स्वीकृति ुअजम्वरी मायाु नामको फिल्म ४६ लाखभन्दा बढी लागतमा निर्माण गरेको तथा बिसौं लाख पर्ने गाडी संस्थाकै नाममा खरीद गरी एक बर्ष नपुग्दै लिलाम बिक्रि गरी आफन्तलाई सकार गर्न लगाई रकमको अत्याधिक दुरुपयोग गरेका थिए ।
उल्लेखित कसूरमा पक्राउ ब्यक्तिहरुलाई काठमाण्डौं जिल्ला अदालतको मिति २०६२।०४।३२ गतेको फैसलाले बिगो बमोजिम जनही रु १३,३७,५४७।२६ र एक बर्ष कैद सजाय हुने फैसला गरेको थियो । सोही कसूरमा फरार रहेकी प्रतिबादी सरिता श्रेष्ठलाई मिति २०६७।०८।०८ गते नै ब्यूरोको टोलिले पक्राउ गरी काठमाण्डौं अदालतमा बुझाएको थियो ।
उल्लेखित कसुर बाहेक केदारनाथ कपाली समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी निज राम नारायण प्रधान समेत भएको अर्को ठगी मुद्दामा काठमान्डौं जिल्ला अदालतको मिति २०६२।०४।३२ कै फैसलाले उल्लेखित ब्यक्तिहरुलाई जनहि रु ८१,०४६।१३ जरीवाना हुने समेत ठहर भएको थियो ।
निज प्रतिबादी राम नारायण प्रधानको हकमा लक्ष्मी कुमार आङ्दाम्वे र विर बहादुर श्रेष्ठ समेतको छुट्टा(छुट्टै जाहेरीले ठगी तथा किर्ते जालसाजी मुद्धाहरूमा सम्मानित काठमाण्डौं जिल्ला अदालत, काठमाण्डौंको मिति २०६८।०१।१६ र मिति २०६८।०२।३१ गतेको फैसला अनुसार क्रमशस् रु। ७,८१,०००।( जरीवाना र १ बर्ष १० महिना १९ दिन कैद तथा रु ५०,०००।( जरीवाना र बादी रजनी श्रेष्ठ भएको किर्ते जालसाजी मुद्दामा रु ५०,०००र( जरीवाना हुने ठहर भएकोले निज राम नारायण प्रधान लाई कुल जरीवाना रु २२,९९,५९३।३९ जरीवाना र २ बर्ष १० महिना १९ दिन कैद हुने ठहर भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.