एकै गाउँका दर्जनौं युवक भारतीय जेलमा

Posted: December 24, 2012 in By Deepak Kharel

डीआर पन्त

भारतीय सिमाना जोडीएको जोगबुढा गाविसका वडा नं ४ का दर्जनौं युवक बर्षौंदेखि भारतीय जेल मा छन् । ‘यो वर्ष मात्र ६ जना पक्राउ परेका छन्’ भारतीय पत्रिका अमरउजालाका अनुसार सीमानामा रहेको चम्पाबतका एसपी केएस नगण्यालले भने,’गत बर्ष पक्राउ परेका ७ जना मध्ये एक युवक निर्दोष भएका कारण छोडीएको छ ।’

जोगबुढा सांदनीका धिरेन्द्र जाग्रीलाई निर्दोष भएका कारण छोडीएको हो । दुई दिन अघि मात्र ३५ किलो चरेस सहित थप दुई युवकलाई पक्राउ गरेको भारतीय सीमा सुरक्षा बलले जनाएको छ । ‘झण्डै पचास लाख बराबरको चरेस बरामद भएको हो’ नगण्यालले भने,

‘डडेलधुरा जिल्लाको जोगबुढाबाट दिल्ली सम्म चरेस तश्करी गर्ने एक गिरोह नै सकि्रय रहेको छ ।’

‘चरेस तस्करी, चोरी शिकारी र अबैध सामाना ओसार पसारमा एकै गाउँका दर्जनौं युवा भारतीय जेल मा छन्’ स्थानीय समाजसेवी लक्षमण सिंह ठगुन्नाले भने केही अपराधी हुन केही निर्दोष पनि छन् ।

चम्पावतका एसपी नण्यालको भनाइ पुष्टी गर्दै उनले भने अधिकांश युवाहरु चरेस तस्करीमा थुनीएका हुन् । बझांगबाट तस्करी गरी ल्याएको सयौं क्वीण्टल चरेस गाविसको सांदनी र मलाश क्षेत्रमा तस्करहरुले लुकाएर राख्ने गरेका हुन् खुला सिमाना रहेको महाकाली नदीमा ट्युवबाट पार गरी भारतीय क्षेत्रमा पुगाउने गरिएको स्थानीयले जानकारी दिएका छन् ।

पक्राउ परेका अधिकांस युवक स्थानीय चरेस व्यापारीका क्यारीयरको रुपमा काम गर्ने भएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । नेपालको बझांग क्षेत्रबाट ठूलो मात्रामा चरेस ल्याएर सीमा क्षेत्रमा भण्डारण हुन्छ सीमा सुरक्षा बलका निरीक्षक पदम तमोलीले भने भण्डारण भएको चरेस बिस्तारै नेपाली युवकहरु परिचालन गरी भारतको दिल्ली सम्म पुर्याउने गरिएको छ ।

जोगबुढाको लालढुंगा, तातापानी र शिर्षको परिगाउँमा प्रहरी चौकी भएपनि नेपाली प्रहरी समेतको मिलोमतोमा ठूलो मात्रामा चरेस तस्करी हुने गरेको भारतीय अधिकारीहरुले आरोप लगाएका छन् ।

नेपाली प्रहरीले सिमा क्षेत्रमा बिशेष अभियान सुरु गरेको छ जिल्ला प्रहरी कर्यालय डडेलधुराका प्रहरी नायव उपरिक्ष कृष्ण प्रसाई ले भने एक महिना भित्रै यस्को सकारात्मक परिणाम आउने छ ।

सीमावर्ती भारतीय जिल्ला चम्पावतका प्रहरीसँग समन्वय गरी आवश्यक बझांगदेखि डोटी डडेलधुरा हुँदै जोगबुढा र मलाश क्षेत्रसम्म पैदल चरेस बोकेर ल्याउने एउटा समूह रहेको छ । स्थानीय वासिन्दाका अनुसार प्रति किलो पाँच सयका दरले जोगबुढा पुग्ने चरेश जोगबुढा देखि प्रतिकिलो दुइहजारका दरले भारतीय बजार टनकपुर पुग्ने गरेको छ ।

प्रकाशित मिति: २०६९ पुस ९ ०३:३५

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s