खोटा चलनका अभियुक्तको भ्रष्टाचार विरोधी संस्था

Posted: December 23, 2012 in By Deepak Kharel

गैरसरकारी संस्था दर्ता गर्दा प्रशासन कार्यालयले संस्थामा आवद्ध पदाधिकारी तथा सदस्यको प्रहरी मार्फत् व्यक्तिगत आचारण बुझ्ने गर्दछ, त्यो पनि गोप्यरुपमा । तर, जिल्ला प्रशासन कार्यालयले गत असारमा दर्ता गरेको ‘भ्रष्टाचार विरुद्धको अभियान–नेपाल’ नामक गैरसरकारी संस्था दर्ता गर्दाको प्रहरी रिपोर्ट विवादमा तानिने देखिएको छ ।
भारतीय नक्कली मुद्रा प्रकरणमा समातिएर पाँच महिना कैद तथा पन्ध्र हजार धरौटी बुझाएर निस्केका अभियुक्त सञ्जयकुमार झा संयोजक रहने गरी अन्य दश सदस्य समेतको नाम उल्लेख गराएर दर्ता गरिएको ‘भ्रष्टाचार विरुद्धको अभियान–नेपाल’ यतीबेला छानविनको घेरामा परेको छ ।

संस्थाको संयोजक रहेका महोत्तरीको साडा–९  का तुरुन्तलालका नाती पशुपतिका छोरा (ना.प्र.प.नं.८०५२१९७९) का सञ्जयकुमार झाले जासुसी क्यामेरा प्रयोग गरेर कयौं व्यक्ति तथा पदाधिकारीका गोपनियताको अधिकार खोस्ने गरेको र त्यही दृश्य देखाउँदै ‘वार्गेनिङ’ गर्ने गरेको गाइँगुइँ चल्न थालेपछि प्रहरी र प्रशासनको ध्यान उसका क्रियाकलापतर्फ खिचिएको बताइएको छ ।

विभिन्न व्यक्ति तथा पदाधिकारीलाई झुक्याएर फसाउने गरेको भन्दै पिडीतले प्रहरीमा समेत उजुरी गरिसकेका छन् । कानूनी कारवाहीको दायरामा तान्ने तथा बद्नाम गरिदिने भन्दै कयौंलाई वार्गेनिङ गर्दै आतंकित तुल्याउँदै आएका विवादास्पद सञ्जय झा अब भने आफँै कानूनी कारवाहीको फन्दामा पर्ने भएका हुन् । गत असारमा अनामनगरमा रहने गरी दर्ता गराएको ‘भ्रष्टाचार विरुद्धको अभियान–नेपाल’ नामक संस्था त्यस क्षेत्रमा नरहेको र व्यक्तिगत स्वार्थ पूरा गर्न संस्थाको नाम प्रयोगमा लिइएको खुलेपछि प्रशासन कार्यालयले नै विवादास्पद झा र त्यस संस्थामा आवद्ध अन्य सदस्यका क्रियाकलाप बारे अनुसन्धान थालेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका एक अधिकारीका अनुसार खोटा चलन मुद्दामा मुछिइसकेका व्यक्तिको कसरी र कुन आधारमा प्रहरीले व्यक्तिगत आचारण ठिक भएको रिपोर्ट दिएको हो भन्ने बारेमा छानविन हुने बताए । उनका अनुसार उक्त संस्थामा आवद्ध भनिएका समीर राना, नवराज केसी, राजकुमार श्रेष्ठ, राजु ढकाल, शुकदेव चापागाइँ, मोहम्मद अ‍ैयूव खान, निरु श्रेष्ठ, परमेश्वर थापा, रमेश तण्डुकार र श्यामहरि थापा मगर रहेका छन् । यी नाम देखावटी राखिएको हो या विवादास्पद सञ्जय झासँगै वार्गेनिङ धन्दामा हिँड्ने गर्छन् भन्ने बारेमा पनि प्रहरीले चासो जनाएको बुझिएको छ ।
यसअघि आफूलाई प्रमा होल्डीङ प्रालीको सुपरभाइजर भन्दै उपत्यका खानेपानी वोर्डबाट केही गोप्य सरकारी कागजात फुत्क्याउन सफल सञ्जय झामाथि कारवाही गरिदिन त्यहाँका तत्कालिन कार्यकारी निर्देशक हरिप्रसाद ढकालले महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी नै दर्ता गराएका थिए ।
त्यस्तै, मेनपावर दर्ता गर्न घुस मागेको भन्दै उनै सञ्जय झाले खिचेको जासुसी क्यामेराको आधारमा श्रम मन्त्रीको पदबाट राजीनामा गर्न बाध्य कुमार बेलवासेलाई उनको पार्टी नेकपा मालेले सफाइँ दिएको छ भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृतलाई पनि त्यसैगरी फसाउन झा सफल भएको उसैले खिचेको भिडीयो दृश्यले जनाउँछ ।
विवादास्पद झा कयौं चिकित्सकको पनि पछि लागिरहेको खोजतलासलाई मेडीकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले जानकारी दिए । सञ्जय झा काउन्सिलमा धाइरहेको जानकारी दिँदै अध्यक्ष डा. गजुरेलले भने, ‘उनले विभिन्न चिकित्सकका बारेमा कम्प्लेन गर्नुका साथै केही चिकित्सकका शैक्षिक प्रमाण पत्र नक्कली भएको दावी गर्दै निवेदन पनि दर्ता गराएका छन् ।’ त्यसो त स्वयम् सञ्जय झाले खोजतलाससँगको कुराकानीका क्रममा मेडीकल काउन्सिलका पदाधिकारीले नै नक्कली शैक्षिक प्रमाणपत्र धारी अयोग्य चिकित्सकलाई संरक्षण गरेको आरोप लगाएका थिए ।
स्मरणीय छ, विदेशबाट चिकित्सक डीग्री पूरा गरी फर्केकाहरुको मेडीकल काउन्सिलले लिने परिक्षा रोकाउन उनै सञ्जय झा पटक पटक धाएको मात्रै नभएर सर्वाेच्च अदालतमा रिट दायर गर्न समेत पछि परेका थिएनन् । विदेशबाट चिकित्सक डिग्री लिएकाहरु काउन्सिलको परिक्षामा असफल हुने गरेपछि झा त्यस्तो परिक्षा रोकाउन निकै लागि परेका थिए । मेडिकल काउन्सिलको परिक्षा उर्तिण नगरेसम्म नेपालको कुनै पनि स्वास्थ्य क्षेत्रमा कामकाज गर्न पाइँदैन ।
from :nepalkhabar@gmail.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s