प्रहरीमा सुरु भो कार्यक्षमता मूल्यांकन

Posted: December 20, 2012 in By Deepak Kharel

गणेश बस्नेत

सरकारले कार्यÔमतालाई प्रमुख आधार बनाई पा“च प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा पहिलो पटक वरिष्ठताभन्दा कार्यक्षमताका आधारमा पाँचजनालाई डीआईजीमा बढुवा गरेको हो । प्रहरीमा यसअघि वरिष्ठतालाई बढुवाको प्रमुख आधार बनाउने गरिएको थियो । यस पटक भने बढुवा बोर्डको सिफारिसअनुसार वरिष्ठताका आधारमा बढुवा गर्ने पुरानो प्रचलन तोड्दै २०४३ र ४४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका एसएसपीमध्ये उत्कृष्ट काम गर्ने पा“चजनालाई बढुवा गरिएको हो ।

अधिकांश प्रहरी अधिकारीहरूले कामको मूल्यांकन हुन नसकेको गुनासो गर्न थालेपछि प्रहरी महानिरीक्षक कुवेरसिंह राना र गृहसचिव नवीन घिमिरेले कार्यक्षमतालाई प्रमुख आधार मान्ने निष्कर्ष निकालेका थिए । सोही आधारमा उनीहरूले गृहमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदार र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मनाएको स्रोतले बतायो । प्रहरीको उज्ज्वल भविष्यका लागि गरिएको सो निर्णयमा राना र घिमिरेलाई मनाउन झन्डै महिना दिन लागेको थियो । मन्त्रिपरिषद्ले बढुवा बोर्डकै सिफारिसअनुसार प्रतिस्पर्धामा रहेका २०४३ सालका ब्याजी सातमध्ये श्याम खड्कालाई मात्रै बढुवा गरेको छ । यस्तै, २०४४ सालमा सेवा प्रवेश गरेका एसएसपी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई डीआईजी बनाइएको हो ।

उनीहरू चारैजना कार्यक्षमताका आधारमा बढुवा हुने नेपाल प्रहरीका पहिला र निकै भाग्यमानी अधिकृत हुन् । वरिष्ठतालाई नै बढुवाको आधार बनाइएको भए सिलवाल, अर्याल, चन्द र भण्डारी यस पटकको बढुवामै पर्ने थिएनन् । २०४३ सालमा सेवा प्रवेश गरेका श्याम खड्का, पूर्णसिंह खड्का, रविप्रताप राणा, मनोहरप्रसाद रिमाल, ज्ञानोदराज वैद्य, रामकुमार खनाल र प्रेम चन्द उनीहरूभन्दा वरिष्ठ अधिकृत हुन् । तर पनि कार्यसम्पादन मूल्यांकनमा निकै पछि परेका कारण सो ब्याजबाट श्याम खड्का मात्रै बढुवा भएका छन् । अन्य ६ जना कार्यसम्पादन मूल्यांकनमा निकै कमजोर रहेकाले बढुवाबाट वञ्चित गरिएको बढुवा बोर्डको भनाइ छ । गृहसचिव अध्यक्ष रहने प्रहरीको बढुवा बोर्डमा प्रहरी महानिरीक्षक सदस्य र मानव स्रोत विकास विभागका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्य–सचिव रहने व्यवस्था छ । सोहीअनुसार गृहसचिव घिमिरे, महानिरीक्षक राना र मानव स्रोतका एआईजी गंगा पाण्डेले गत साता नै गोप्य रूपमा बढुवाको सिफारिस गरेका थिए । बोर्डले पुरानामध्ये ६ जनाले नै पटकपटक कारबाही भोगेको र कार्यÔमता पनि सन्तोÈजनक नभएको कारण देखाई बढुवाबाट वञ्चित गराएको हो ।

महानिरीक्षक रानापछि आईजीपी हुने लाइनमा रहेका हालका केही डीआईजीसमेतले आफूहरूको बढुवामा छुटेका ब्याजीलाई नै बढुवा गर्नुपर्ने अडानसहित लबिङ गरेपछि प्रहरी प्रधान कार्यालयले गत २० मंसिरमा डीआईजीमा बढुवाअघि कारबाही परे÷नपरेको विषयमा फाइल नै बनाएर अध्ययन गरेको थियो । सेवा प्रवेश गरेपछि हालसम्म कारबाही भए÷नभएको विषयमा अध्ययन गर्दा खड्का, वैद्य, प्रेमबहादुर चन्द, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल र रविप्रताप राणा पटकपटक कारबाहीमा परेको पाइएको थियो । सेवा प्रवेश गरेपछि हालसम्म तीन पटकभन्दा बढी कारबाहीमा परेकै कारण उनीहरू बढुवामा नपरेका हुन् । यद्यपि, २०४४ सालमै सेवा प्रवेश गरेका चारै एसएसपी भने क्रमशः बढुवा भएका छन् । बढुवा भएका सिलवाल, अर्याल, चन्द र कार्की एसएसपीमा पनि क्रमशः पहिलोदेखि चौथो वरीयतामा थिए । उनीहरू सबै कार्यक्षमतामा उत्कृष्ट भए पनि केही अधिकारी भने विवादास्पद छन् । बढुवामा परेकामध्ये एकमाथि नक्कली बिल बनाई भ्रष्टाचार गरेको विषयमा प्रहरी प्रधान कार्यालयले नै अनुसन्धान गरिरहेको छ ।

यस्तै, कार्यÔमताका आधारमा बढुवाका लागि देवेन्द्र सुवेदी र पशुपति उपाध्याय पनि सम्भावित सूचीमा रहेका थिए । २०४३ सालमा प्रहरी निरीÔकमा भर्ना भएका खड्काबाहेक डीआईजी हुने अन्य चारैजना २०४४ सालका ब्याजी हुन् । डीआईजीमा बढुवा हुनेमा २०६४ सालमा एसएसपी भएका श्याम खड्का र २०६५ सालमा बढुवा भएकाहरू पूर्णसिंह खडका, रामकुमार खनाल, मनहरि रिमाल, रविप्रताप राणा, ज्ञानोदराज वैद्य र प्रेमबहादुर चन्द प्रतिस्पर्धी थिए । तर, श्याम खड्काबाहेक सबैलाई पन्छाउ“दै २०६६ सालमा एसएसपी बनेका समूहबाट बढुवा गरिएको हो । २०६६ सालमा एसएसपी भएकाहरूमा वरीयताअनुसार राजबहादुर विष्ट, नवराज सिलवाल, जयबहादुर चन्द, प्रकाश अर्याल, बमबहादुर भण्डारी, रणबहादुर चन्द, रविराज श्रेठ, हेमन्त पाल, पशुपति उपाध्याय, विजयलाल कायस्थ, माधव जोशी, माधवप्रसाद नेपाल, देवेन्द्र सुवेदी, केशरीराज घिमिरे, पंकज श्रेष्ठ, कमलसिंह बम, घनानन्द भट्ट, गोविन्द निरौला, घनश्याम भट्ट, रोमेन्द्रसिंह देउजा, मिङमार लामा, सुदीप आचार्य, विजयकुमार भट्ट, मधु पुडासैनी र रमेशप्रसाद फुया“ल थिए ।

डीआईजी हुने सिलवाल, चन्द, अर्याल र भण्डारी २०६६ सालमा एसएसपीमा बढुवा भएका थिए । नेपाल प्रहरीका २३औं आईजीपी रानाले ३० कात्तिक २०७० मा अवकाश पाएपछि डीआईजी भइसकेका ४३ का ब्याजीबाट २४औं आईजीपी छानिनेछन् । डीआईजीद्वय उपेन्द्रकान्त अर्याल र राजेन्द्रसिंह भण्डारी २४औं आईजीपीका लागि प्रमुख दाबेदार मानिन्छन् । राजनीतिक घटनाक्रम वा कुनै कारणले तलमाथि नभएको अवस्थामा उनीहरूको ब्याजी डीआईजीबाट सोझै आईजीपी बन्नेछन् । हाल एआईजी रहेका सबै आईजीपी रानाको ब्याजी रहेकाले उनीसँगै अवकाश पाउने भएका कारण २४औं आईजीपी सीधै डीआईजीबाट हुने भएका हुन् । यस्तै, ११ फागुन २०७३ मा डीआईजीमा बढुवा भएका चारमध्ये एक २५औं प्रहरी प्रमुख छानिनेछन् । कार्यसम्पादनमा अहिलेकै अवस्था कायम रही पहिलो नम्बरमा रहन सके सिलवाल २५औं प्रहरी महानिरीक्षक बन्नेछन् । लामो संघर्षपछि कार्यसम्पादनका आधारमा बढुवा भएपछि महानिरीक्षक रानाले सुधारको सुरुआत भएको टिप्पणी गरे ।

अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो । आईजीपी रानाले अब एसएसपी, प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा पनि कार्यक्षमताकै आधारमा हुने भएकाले राम्रा र योग्य अधिकारीले स्थान पाउने बताए । नेपाल प्रहरीमा अब एसएसपीका पाँच, एसपीका ३१ र डीएसपीका ५६ दरबन्दी रिक्त छन् । तत्कालीन प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले गृहमन्त्री गच्छदारसँग ‘टसल’ गरी रोकिएको प्रहरीको बढुवा रानाको लामो पहलपछि मात्र खुलेको हो । पाँचै डीआईजीको पदस्थापन मन्त्रिपरिषद्ले बढुवा भएका पाँचै डीआईजीलाई बुधबार नै पदस्थापन गरेको छ । जसमध्ये श्याम खड्कालाई सुरÔा परिÈद् लगिएको छ । यस्तै, नवराज सिलवाललाई प्रहरी प्रतिष्ठान महाराजगन्ज, जयबहादुर चन्दलाई सुरÔा सेवा निर्देशनालय, प्रकाश अर्याल अपराध नियन्त्रण ब्युरो र बमबहादुर भण्डारी सशस्त्र प्रहरी निर्देशनालयमा पदस्थापन गरिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.