पाँच एसएसपी डिआइजीमा बढुवा

Posted: December 19, 2012 in By Deepak Kharel

सरकारले कार्यक्षमतालाई प्रमुख आधार मान्दै पाँच एसएसपीलाई डिआइजीमा बढुवा गरेको छ। यसअगाडि वरिष्ठतालाई बढुवाको प्रमुख आधार बनाइँदै आएकोमा यस पटक सो पद्धति भत्काउँदै २०४३ र ४४ सालमा भर्ना भएका एसएसपी मध्ये पाँच जनाको बढुवा भएको हो।

मन्त्रिपरिषद्‍ले प्रतिस्पर्धामा रहेका २०४३ सालका सात जना मध्ये एक जना श्याम खड्काको मात्र बढुवा गरेको छ। २०४४ सालबाट नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी डिआइजी हुने भाग्यमानी ठहरिएका छन्। यदि सरकारले वरिष्ठतालाई नै बढुवाको आधार बनाएको भए सिलवालदेखि भण्डारीसम्म कोही पनि अहिले बढुवा हुन पाउँदैन थिए।

२०४३ बाट प्रतिस्पर्धामा रहेका श्याम खड्का, पूर्णसिंह खड्का, रविप्रताप राणा, मनोहर रिमाल, ज्ञानोदराज वैद्य, रामकुमार खनाल र प्रेम चन्द मध्ये श्याम खड्कामात्रै बढुवा भए। पूर्ण सिंह, रामकुमार र प्रेम चन्दले पटकपटक कारबाही भोगेको र कार्यक्षमता समेत सन्तोषजनक नभएकोलाई आधार बनाउँदै बढुवाबाट वञ्चित गराइएको स्रोतले बतायो।

राणा र रिमालको हकमा भने प्रष्ट कारण खुलाउन बढुवा समितिले सकेको छैन। राणा सुडान कान्डमा मुछिएका थिए। रिमाल व्यक्तिगत आचरणले आलोचित थिए। बढुवा पाएका श्याम खड्का समेत सुडान कान्डमा मुछिएका अधिकारी हुन्।

२०४३ मा कार्यक्षमतालाई आधार बनाए पनि २०४४ टेक्दा समितिले वरिष्ठलाई नै कायम राख्दै १ नम्बरदेखि ४ नम्बरसम्म रहेकालाई बढुवा गरेको छ। प्रहरी महानिरीक्षक कुबेरसिंह राणा, जयबहादुर चन्दको बढुवाको विपक्षमा भए पनि गृहमन्त्रीको साथ पाएकाले उनी सूचिबाट हटेनन्। कार्यक्षमताको आधारमा देवेन्द्र सुवेदी र पशुपति उपाध्याय समेत संभावित सूचिमा थिए। तर रिक्त पद पाँच वटा मात्र भएकाले उनीहरु यस पटकको बढुवामा अटाएनन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s