बसभित्रै सामूहिक बलात्कार

Posted: December 17, 2012 in By Deepak Kharel

भारतको दिल्लीमा २३ बर्षीय युवतीलाई सामूहिक बलात्कार गरी मरणासन्न हुने गरी कुटपिट गरिएको छ । अस्पताल भर्ना गरिएकी ती युवतीको अवस्था गम्भीर छ । आइतबार साँझ पुरुष साथीसँग बस चढेकी युवतीलाई चालक र सहचालककै सहयोगमा सामूहिक बलात्कार गरिएको हुनसक्ने दिल्ली प्रहरीले जनाएको छ । पुरुष साथीलाई कुटपिट गरी अचेत बनाको र युवतीमाथि बलात्कार गरेर दुवैलाई बसबाट खसालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

६-७ जनाको पुरुष समूहले बलात्कार गरेको हुनसक्ने प्रहरी अनुमान छ । कुटपिट गरिएका पुरुष सामान्य बोल्नसक्ने अवस्थामा छन् भने बलात्कृत युवतीको अवस्था गम्भीर रहेको बुझिएको छ ।

एक मलबाट चलचित्र हेरेर साँझ साथीसँग घर फर्किदै गरेकी उनलाई बलात्कार गर्नेहरु पक्राउ परेका छैनन् । उनको साथीको बयानको आधारमा प्रहरीले केही बस र चालक, सहचालकलाई नियन्त्रण लिएको छ । दिल्लीका मुख्यमन्त्री शेइला दिक्षितले दोषीलाई कडा कारवाही गर्ने टिप्पणी गरेका छन् ।

बलात्कार र महिला हिंसाको घटनाका कारण दिल्ली महिलाको लागि असुरक्षित शहरको रुपमा चिनिदै आएको छ । यहाँ बर्षेनी बलात्कारका सयौं घटना हुने गरेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.