कान्तिपुर टीभीका संवाददातालाई एसपीको धम्की

Posted: December 11, 2012 in By Deepak Kharel

dan singh bohara
कान्तिपुर टीभीका बारा संवाददाता उपेन्द्र ठाकुरलाई जिल्लाका प्रहरी प्रमुख दानसिंह बोहराले सिध्याई दिने धम्की दिएका छन् । धम्कीको नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ ।

महासंघका सभासद्समेत रहेका ठाकुरलाई दुई महिनादेखि बाराको निजगढबाट अपहरणमा परेकाहरुको समाचार तयार पार्ने क्रममा सोमबार प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करसंगै रहेका एसपी बोहराले सिध्याइ दिने धम्की दिएका हुन् ।

पुष्करकै कार्यकक्षमा वाइट लिन पुगेका पत्रकार ठाकुरलाई सोही कार्यकक्षमा बसिरहेका प्रहरी उपरीक्षक बोहराले दुर्व्र्यवहार गर्दै ‘तेरा समाचारले मलाई नाप्न सक्दैन, तर मैले चाहे भने दुई दिनमा सिध्याइदिन्छु’ भनी धम्की दिएको महासंघको बारा शाखाले जनाएको छ ।

‘आमनागरिकलाई सुसूचित गराउने कार्यमा जुटेका पत्रकारमाथि देश र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बाकेको प्रहरी प्रशासनको जिम्मेवार हैसियतमा रहेका व्यक्तिबाट भौतिक कारबाहीको धम्की आउनु खेदजनक र निन्दनीय छ’ महासंघले मंगलबार जारी गरेको बिज्ञप्तीमा भनेको छ, ‘यस घटनाले राज्यको सुरक्षा संयन्त्र आफ्नो दायित्व निर्वाहमा कुन हदसम्म गम्भीर छ भन्ने प्रष्टाएको छ ।’

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भनेर भर्त्सना गर्दै घटनाको छानबिन गरी धम्की दिने प्रहरी उपरीक्षक बोहरालाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासनसँग माग गरेको छ ।

प्रकाशित मिति: २०६९ मंसिर २६ ०३:४१

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.