अवैध पत्नी राख्ने प्रहरी प्रमुख निलम्बित

Posted: December 11, 2012 in By Deepak Kharel

जुम्ल्याहा दिदी बहिनीसँग अवैध यौन सम्पर्क राख्दै आएका एक प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । यौनेच्छा पूर्तिका लागि जुम्ल्याहा दिदी बहिनीलाई प्रयोग गरेको र पदको दुरुपयोग गर्दै उनीहरुलाई प्रहरीमा समेत भर्ना गरेको आरोप उनीमाथि थियो ।

चीनको उसु शहरका प्रहरी प्रमुख कीले उनीहरुलाई राख्न सरकारी खर्चमै महंगो फ्ल्याट भाडामा लिएको अनुसन्धानबाट प्रमाणित भएको छ । कार्यालय खर्च भन्दै प्रहरी कोषबाट रकम तिराएर जुम्ल्याहा दिदी बहिनीलाई राखिएको तथ्य खुलेको हो । उनीमाथि थप अनुसन्धान भइरहको बुझिएको छ । चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार जुम्ल्याहामध्ये एक जना प्रहरीको बिशेष अनुसन्धान टोलीमा कार्यरत छन् भने अर्की ट्राफिक शाखामा कार्यरत छन् । यी जुम्ल्याहा दिदी बहिनीलाई उनले पदको दुरुपयोग गरी प्रहरी सेवामा राखेको आरोप छ ।

उनी जुम्ल्याहा दिदीबहिनीसँग आछ्याउनमा सुतेको फोटो केही अघि स्थानीय बेबसाइटबाट सार्वजनिक भएको थियो । कीलाई कम्युनिष्ट पार्टीको स्थानीय समितिले पदबाट हटाएको औपचारीक जानकारी आइतबार दिएको हो । चीन कम्युनिष्ट पद्दतीअनुसार पार्टीबाट सञ्चालित छ । समितिले बेबसाइटमा प्रकाशित फोटो सत्य भएपनि धेरै कुराहरु खुल्न बाँकी रहेकाले थप अनुसन्धान सुरु गरिएको बताएको छ ।

यसअघि पनि चीनका एक प्रहरी अधिकृतले १८ बर्षीया किशोरीसँग यौन सम्पर्क गरेको भिडियो सार्वजनिक भएपछि तीनलाई पदबाट बर्खास्त गरिएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.