‘फलामेद्वार बनाउन सेनाको असहयोग’

Posted: December 9, 2012 in By Deepak Kharel

मातृका दाहाल

सुन्धारास्थित देशका प्रमुख दुई कैदी बन्दीगृह ‘केन्द्रीय र भद्र जेल’ बाहिर आधुनिक प्रवेशद्वार निर्माणमा नेपाली सेनाले ‘असहयोग’ गरेको भन्दै जेल प्रशासन असन्तुष्ट बनेको छ ।
कारागार सुरक्षालाई मध्यनजर गर्दै ‘अत्याधुनिक फलामे प्रवेशद्वार’ बनाउनुपर्ने जेल प्रशासन र प्रहरीको प्रस्तावमा नेपाली सेनाले ‘असहयोग’ गरेपछि दुई सरकारी निकायबीच विवाद बढेको हो ।
केन्द्रीय र भद्र जेल परिसर भित्रैको दक्षिणतर्फ जगन्नाथ देवलनजिकै सहायकरथी भरत मल्लको नेतृत्वमा नेपाली सेनाको ‘बन्दोबस्ती अड्डा’ छ ।
जेल प्रवेशद्वारबाट आफूहरू कार्यालय जाँदा असहज हुने भन्दै सेनाले फलामे ढोका निर्माण गर्न नदिएको स्रोतको दाबी छ । तर सैनिक प्रवक्ता सहायकरथी सुरेश शर्माले दुई निकायबीचको विवादबारे खुल्न चाहेनन् ।
यद्यपि उनले उक्त बाटो बन्दोबस्ती अड्डा जानका लागि बनाइएको दाबी गर्दै तत्काल बैकल्पिक प्रवेशद्वार खोल्नेबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।
“हामीले पहिलेदेखिनै त्यस ठाउँलाई संयुक्त रूपमा प्रयोग गर्दै आएका छौं, तर त्यो बाटो नेपाली सेनाको बन्दोबस्ती अड्डा जानकै लागि बनाइएको हो,” उनले भने, “तत्काल बैकल्पिक प्रवेशद्वार खोल्नेबारी हामीलाई जानकारी छैन ।”
भारतीय ‘कुख्यात अपराधी’ मनमित सिंहले कैदी भेट्ने बहानामा कारागार भित्रै सञ्चार उद्यमी युनुस अनसारीमाथि गोली प्रहार गरेपछि जेल प्रशासनले केन्द्रीय र भद्र जेलको मुख्य प्रवेशमा फलामेद्वार निर्माण गर्न प्रक्रिया अघि बढाएको थियो ।
गोली प्रहारपछि अभियुक्त सिंह खुल्ला प्रवेशद्वारको फाइदा उठाउँदै भाग्ने प्रयास गरेका थिए । तर जेल परिसरबाटै प्रहरीले भाग्दाभाग्दै सिंहलाई जेल परिसबाटै पक्राउ गरेका थिए ।

केन्द्रीय र भद्र जेलभित्र जालीनोट, ठगी, हत्या, चोरी, अपहरणलगायत अभियोगमा दोषी ठहरिएका गरी करिब २ हजार २ सय कैदीबन्दी कैद भुक्तान गरिरहेका छन् ।
“भरपर्दो र आधुनिक फलामेद्वार नहुँदा कारागार भित्रका गतिविधिमाथि आपराधिक तथा संदीग्ध अभियुक्तहरूले बाहिरबाट निगरानी गर्नसक्ने स्थिति छ,” जेल सुरक्षार्थ तैनाथ नेपाल प्रहरीका नायव उपरिक्षक (डीएसपी) रमेश खड्काले भने, “यदि अग्लो पर्खाल र प्रविधि जडान गरिएको ढोका निर्माण गरिए कारागारलाई लक्षित गरी हुने अनधिकृत गतिविधि नियन्त्रण गर्न हामीलाई सहज हुन्छ ।”
डीएसपी खड्काले भरपर्दो र सुरक्षित प्रवेशद्वार नहुँदा कारागारमा अनावश्यक व्यक्तिहरूको चलखेल बढेको, संगठित तथा सामाजिक अपराधका योजना जेलभित्रैबाट हुने सम्भावनालगायत चुनौती रहेको बताए ।
कारागारमा आउने बन्दीका आफन्त तथा सर्वसाधारणलाई प्रहरीले शरीर खानतलासी गरेर भित्र पठाउँछ । खानतलासीमा रहेका प्रहरीसँगै जेल परिसरमा नाइके बन्दीहरू बिना अवरोध आवत–जावत गर्नसक्ने भएकाले शंकास्पद व्यक्तिसँग उनीहरूको सम्पर्क हुन नदिन पनि २४ सै घण्टा प्रविधियुक्त आधुनिकद्वारा बनाउनुपर्ने डीएसपी खड्काको भनाइ छ । कमजोर सुरक्षा व्यवस्थाकेन्द्रीय कारागारभित्रैबाट योजना बनाई आपराधिक गतिविधि सञ्चालन गर्दै आएको रहस्य खुलेको थियो ।
जेलर होमनाथ थपलियाले कारागारमा भरपर्दो प्रवेशद्वार नहुँदा शंकास्पद र आपराधिक गिरोहले त्यसको फाईदा उठाएर आफ्ना गतिविधि बढाउन सक्ने आशंका व्यक्त गरे ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s