सुरुङ खनेर भाग्ने कैदीका मुख्य योजनाकार भारतमा पक्राउ

Posted: November 28, 2012 in By Deepak Kharel

अबधेशकुमार झा

तीनसाता अघि सुनसरीको झुम्का स्थित पूवाअञ्चल क्षेत्रीय कारागारबाट सुरुङ खनेर फरार भएका १२ जना कैदी मध्ये मुख्य योजनाकार बंगलादेशी नागरिक अली असरफ भनिने सुब्रत वेन मंगलबार भारतमा पक्राउ परेका छन् ।

पश्चिम बंगाल राज्य अन्तरर्गत कोलकताको बहुवजारबाट उनलाई हिजो बिहान ११ बजे पक्राउ गरिएको पश्चिम बंगाल प्रहरीले जनाएको छ । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका सुव्रत झुम्का कारागारबाट फरार भएपछि नेपाल र भारतमा उनी सहित फरार सबै कैदीको ब्यापक खोजी भइरहेको थियो । कारागारबाट फरार भएपछि सुव्रत आफ्नी श्रीमती जमिना सहित पश्चिम बंगाल तर्फ नै गएको आशंका गरिएको थियो ।

पक्राउ परेका सुव्रतको साथबाट गोली लोड भएको पेस्तोल एक थान र ११ लाख नक्कली भारतीय रुपैयाँ समेत बरामद भएको कोलकता प्रहरी नियन्त्रण कक्षले जनाएको छ । उनी विरुद्ध भारतीय दंड सहिंताको धारा १२० बी, ४८९ बी र ४८९ सि सहित आर्मस र फोरेन्स एक्ट अन्तरर्गत मुद्दा चलाइने कोलकता प्रहरीले जनाएको छ ।

सुब्रतलाइ बुधबार कोलकताको बैंकशाला स्थित अदालतमा पेश गरिने छ । बंगलादेशको राजधानी ढाकामा आवामी लिगका नेता मिलको हत्या पछि चर्चामा आएका सुव्रत सन २००४ मा ढाकामै आवामी लिगको र्यालीमा गि्रनेट आक्रमण गराउने मुख्य आरोपी हुन् । उक्त गि्रनेट आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने २ सय जना घाइते भएका थिए ।

बंगलादेशमा प्रहरीको ब्यापक खोजीको सूचीमा परेपछि सुव्रत नेपाल आएर सुनसरी जिल्लाको सिमरियाबाट अली असरफ अन्सारी बनेर झुठो बिवरण पेश गरी नागरिकता लिएका थिए । किर्ते नागरिकता सम्बन्धी मुद्दामा उनी झुम्का कारागारमा सजाय भोगिरहेका बेला उनकै योजनामा गत कार्तिक २३ गते ३० मिटर लामो सुरुङ्गबाट सुव्रत सहित भारतीय कुख्यात अपराधीहरु धिरेन्द्र यादव, बमबम यादव, सुभाष झा, सुभाष यादव लगायतका १२ कैदी फरार भएका थिए ।

यसैबीच पूर्वान्चलका प्रहरी प्रमुख डिआइजी परसुराम खत्रीले सुव्रत पक्राउ परेको कुरा सही भएको बताएका छन् । भारतको कोलकतामा पक्राउ परेका व्यक्ति र झुम्का कारागारबाट फरार भएका सुब्रतको फोटो मिलाउदा एउटै भएकाले उनी पक्राउ परेको पुष्टी भएको डिआइजी खत्रीले बताए । उनले सवब्रत अन्तर्राष्ट्रिय अपराधी भएको र भारतमा पक्राउ परेकाले झुम्का कारागार प्रकण लगायत अन्य बिषयमा उनीसित जानकारी लिन नेपाल प्रहरीको टोली पनि कोलकता जाने जनाए ।

डिआइजी खत्रीले सुव्रत पक्राउ परेको र आवश्यक छानविन गर्न टोली पठाउनबारे प्रहरी प्रधान कार्यालयलाई आग्रह गरिसकेको बताए ।

प्रकाशित मिति: २०६९ मंसिर १३ ११:१०

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s