प्रहरी भर्ना र बढुवा व्यवस्थित हुने

Posted: November 27, 2012 in By Deepak Kharel

सधैं विवादमा तानिने नेपाल प्रहरीको भर्ना र सरुवा-बढुवालाई पारदर्शी बनाउन गृह मन्त्रालयले सामान्य सिद्धान्त जारी गरेको छ। सिद्धान्तसँगै हचुवाको भरमा हुँदै आएको प्रहरी भर्ना र बढुवा व्यवस्थित हुने भएको छ।

सर्वोच्च अदालतको निर्देशन अनुसार लोकसेवा आयोगको परामर्शमा गृहले सिद्धान्त जारी गरेको हो। यसअगाडि भएको एआइजी बढुवामा असन्तुष्ट प्रहरी अधिकारीको रिटमा सर्वोच्चले प्रहरीको बढुवा र भर्नामा लोकसेवासँगको परामर्शसहित कार्यविधि बनाउन सरकारलाई निर्देशन दिएको थियो।
पाँच एआइजी पद रिक्त भए पनि कार्यविधि अभावमा बढुवा हुन सकेको थिएन। सोमबार सिद्धान्त पारित भएपछि बढुवाको बाटो खुलेको छ। सिद्धान्त निर्माणमा संलग्न केही डिआइजीले आफू अनुकूल बढुवाको नम्बर राख्न पहल गर्दा सिद्धान्त निर्माणमा ढिलाइ भएको थियो।
स्वीकृत सिद्धान्तमा प्रहरीको खुला तथा बढुवाद्वारा पूर्ति हुने पदका लागि छुट्टाछुट्टै पदपूर्ति तथा बढुवा समिति गठन गरिने व्यवस्था छ। मन्त्रालय स्रोत अनुसार खुला प्रतियोगितामा लोकसेवाका अध्यक्ष र उनलेे तोकेको आयोग सदस्यको अध्यक्षतामा समिति गठन हुनेछ। समितिमा गृह मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायब महानिरीक्षक सदस्य रहनेछन्।
बढुवाका लागि सिफारिस गर्न दर्जाअनुरुप छुट्टाछुट्टै छ वटा बढुवा समिति हुने सिद्धान्तमा उल्लेख छ। सिद्धान्त लागु भएपछि प्रहरी भर्ना, नियुक्ति र बढुवा स्वच्छ र पादर्शी हुने मन्त्रालयका एक अधिकारीले बताए।
मन्त्रालयमा सरुवाको चटारो
राष्ट्रपति डा.रामवरण यादवले सहमतीय सरकार गठनका लागि सातदिने म्याद तोकेलगत्तै गृहमन्त्री विजयकुमार गच्छदारले प्रहरीको सरुवा र बढुवा प्रकृया अगाडि बढाउन मन्त्रालयका अधिकारीलाई दबाब दिएका छन्।
लामो समयदेखि एसएसपी, एसपी र इन्सपेक्टरको सरुवा भएको छैन। स्रोत अनुसार गच्छदारले ६ दिनभित्र सरुवा र बढुवाको प्रकृया टुंग्याउने कसरत सुरु गरेका छन्।
स्रोत अनुसार पहिलो चरणमा ६ सयभन्दा बढी इन्सपेक्टर सरुवाको तयारी गरिएको छ। सरुवा तयारीसँगै मालदार स्थानमा सरुवाका लागि गृहमन्त्रीकोमा धाउने प्रहरी अधिकारीको संख्या बाक्लिएको छ। उपत्यकाको दरबारमार्ग, सोह्रखुट्टे, जनसेवा, गौशाला लगायत आकर्षक स्थानमा सरुवा पाउन प्रहरीभित्रै लबिङ सुरु भइसकेको प्रधान कार्यालयका एक अधिकारीले बताए।
डेढ वर्षदेखि एसएसपीको सरुवा नभएकाले नयाँ सरकार गठन अगाडि नै एसएसपी सरुवा प्रक्रियालाई समेत मन्त्रालयले अगाडि बढाएको छ। सरुवाका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालयसँग सूची मागिसकेको छ। डिआइजीको बढुवालगत्तै एसएसपीको समेत बढुवा हुने भएकाले यसमा समेत लबिङ सुरु भइसकेको छ।
हालै भएको डिआइजी सरुवामा समेत गृहमन्त्री हाबी देखिएपछि प्रधान कार्यालयका केही अधिकारी एसएसपी, एसपी र इन्सपेक्टर सरुवामा गृहमन्त्रीलाई हाबी हुन नदिन आइजिपी कुवेर रानालाई सुझाव दिएका छन्।
‘यसअगाडि भएको प्रहरी निरीक्षकको सरुवा न्यायसम्मत हुन सकेन,’ एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘योग्यता र मापदण्ड अनुसार सरुवा नहुने हो भने आइजिपी नै बदनाम हुन्छन्।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s