प्रहरी बढुवामा कार्यसम्पादन हावी हुने

Posted: November 26, 2012 in By Deepak Kharel

लोकसेवा आयोगले प्रहरी बढुवामा कार्यसम्पादन मूल्यांकनको मापदण्डलाई थप सशक्त पार्दै नयाँ सामान्य सिद्धान्त पारित गरेको छ । सर्वोच्च अदालतको आदेशअनुसार बढुवा सिद्धान्त हेरफेरका लागि गृह मन्त्रालयले आयोगसँग परामर्श मागेको थियो । प्रस्तावित सामान्य सिद्धान्तसहित परामर्श मागिएकामा आयोगले शुक्रबार त्यसैलाई सदर गरेको हो ।

गृह मन्त्रालयले नयाँ सामान्य सिद्धान्तअनुसार प्रहरी नियमावलीमा आवश्यक परिवर्तन गर्न छ महिनाको कार्ययोजना निर्माण गरिसकेको छ । छ महिनाअघिका सबै बढुवासम्बन्धी निर्णयचाहिँ प्रचलित नियम र अभ्यासबमोजिम नै हुनेछन् ।

गृह स्रोतकाअनुसार नयाँ सामान्य सिद्धान्तको ‘स्पिरिट’ अनुसार हाल सय पूर्णाकमा ४० अंकभार रहेको कार्यसम्पादन मूल्यांकनको मापदण्डलाई थप अंकभारसहित सशक्त पारिनेछ । शैक्षिक योग्यता, दुर्गम पोस्टिङ र विभूषणको अंकभार पनि बढाइने भएको छ । हाल २२ अंकभार रहेको वरिष्ठतालाई नै चाहिँ अंकभार घटाएर निष्प्रभावी बनाइने भएको छ ।

नायब महानिरीक्षक दिनकरशमशेर जबराले वरिष्ठता मिचेर आफूलाई बढुवा नदिएको भन्दै दायर गरेको मुद्दामा सर्वोच्चले बढुवा सम्बन्धमा लोकसेवासँग परामर्श लिएर मात्र निर्णय लिन आदेश दिएको थियो । लोकसेवाद्वारा पारित नयाँ सामान्य सिद्धान्त मुद्दाको मागभन्दा विपरीत छ ।

सामान्य सिद्धान्तले प्रहरी हरूको कार्यसम्पादन मूल्यांकनमा सम्बद्ध प्रमुख जिल्ला अधिकारी (सीडीओ) को भूमिकालाई अझ बलियो पारेको गृह स्रोत बताउँछ । यस व्यवस्थाले कार्यसम्पादनमा प्रजिअ र जिल्ला प्रहरी प्रमुखबीच देखिने द्वन्द्व समाप्त गर्ने गृहका अधिकारीहरू बताउँछन् । गृह प्रवक्ता शंकर कोइरालाले सामान्य सिद्धान्त स्वीकृत भएको भन्नेमात्रै जानकारी आफूलाई भएको बताए ।

प्रकाशित मिति: २०६९ मंसिर ११ १२:४८

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.