रोकियो एआईजी बढुवा

Posted: November 25, 2012 in By Deepak Kharel

सुन्दर खनाल

दुई ‘ब्याच’ का उम्मेदवारको प्रतिस्पर्धाले ढिलो भएको एआईजीपी बढुवा लोकसेवा आयोगसँगको परामर्शमा अल्झेको छ । प्रहरी महानिरीक्षकमा कुबेरसिंह राना नियुक्त भएलगत्तै दुई महिनादेखि पाँच एआईजी पद खाली छन् । सुरुमा गृहमन्त्री विजयकुमार गच्छदारसमेतको विशेष चासो रहँदै गर्दा २०४१ र २०४३ ब्याचका नायब महानिरीक्षकहरू (डीआईजी) बीच प्रतिस्पर्धा चलेपछि बढुवा हुन सकेन ।

त्यत्तिकैमा पछिल्लोपटक वरिष्ठताका बाबजुद आफूलाई नपारी कनिष्ठ नवराज ढकाल र भीष्म प्रसाईंलाई एआईजीमा बढुवा गरिएकाविरुद्ध डीआईजी दिनकर शमशेरले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले लोकसेवा आयोगसँग परामर्श गरेर मात्र आइन्दा बढुवा गर्नु भन्ने आदेश दिएको हो ।

सर्वोच्चको आदेशअनुरूप परामर्शका लागि गृह मन्त्रालयले आयोगलाई लेखिसकेको छ । आयोगको फुल-बेन्च बैठकले केही दिनभित्रै गृहको अनुरोधमाथि छलफल गरी निकास निकाल्ने स्रोतले बतायो । ‘आयोगसँगको परामर्शबाट प्रचलित तरिकामा कुनै परिवर्तन नै चाहिँ आउनेवाला छैन । किनभने कार्यसम्पादन मापदण्डको विकल्प छैन । त्यसलाई परिमार्जन गर्न नियमावली चाहिन्छ, जसका लागि समय लाग्छ,’ प्रहरी प्रधान कार्यालय स्रोत भन्छ, ‘नियमावली परिवर्तनका लागि आयोगले सिफारिस गर्नु मात्रै पनि अर्थपूर्ण हुन्छ ।’

प्रहरी नियमावलीले कार्यसम्पादनका आधारमा बढुवा व्यवस्था गरेको छ । कार्यसम्पादनका वैज्ञानिक आधार नहुँदा प्रायः बढुवा विवादित हुने गरेका छन् । प्रहरी कर्मचारीसम्बन्धी सबै खाले वृत्ति निरूपण प्रहरी सेवा आयोगबाट गर्नुपर्ने भन्ने दशकौंदेखिको माग पनि राजनीतिक तहको अनिच्छाले पूरा हुन सकेको छैन । आयोगको कानुनी परिमार्जनसम्बन्धी सिफारिससँगै पाँच जना एआईजीको बढुवा अविलम्ब हुने गृह स्रोत बताउँछ ।

अहिलेसम्मको स्थितिमा २०४१ ब्याचका पाँच डीआईजीहरू दिनकरशमशेर राणा, गंगा पाण्डे, विनोद सिंह, पुष्कर रेग्मी र रमेशविक्रम शाहको बढुवा हुने पक्कापक्की छ । उनीहरू आईजीपी रानाकै ब्याचका हुन् । अघिल्ला आईजीपी रवीन्द्रप्रताप शाहले गृहमन्त्री गच्छदारसँग सरुवा र बढुवाका विषयमा मतान्तर भएपछि आफ्ना अडान नछाड्ने क्रममा बरु सम्बन्धित फाइल नै अगाडि नबढाउने नीति अवलम्बन गरेका थिए । यसले गर्दा प्रहरीमा माथिदेखि तलसम्मका कर्मचारीहरूको वृत्ति विकास प्रभावित भएको एकथरीको तर्क छ । तर अहिलेका आईजीपी राना द्वन्द्वमा नगई सकेसम्म मिलाएर लाने, सापेक्ष राम्रो गर्ने भन्ने शैलीले राजनीतिक नेतृत्वलाई नै बढी फाइदा पुर्‍याएको भनेर आलोचनासमेत हुन थालेको छ ।

प्रकाशित मिति: २०६९ मंसिर १० १२:१८

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s