उद्योगपति अग्रवाल अपहरणका अभियुक्त मियाँ तारेखमा छुटे

Posted: November 23, 2012 in By Deepak Kharel

रासस

-विराटनगरका उद्योगपति तुलसीराम अग्रवालको अपहरणमा संलग्न भनिएका भारतीय विधायक जाकिर मियाँलाई जिल्ला अदालत मोरङले बिहीबार तारेखमा छाडेको छ।न्यायाधीश चण्डीराज ढकालको इजलासले मियाँलाई जीउ मास्ने बेच्ने मुद्दामा कसुरदार नरहेको ठहर गर्दै तारेखमा छाडेको हो।

तत्काल प्राप्त प्रमाणअनुसार कसुरदार नदेखिएकाले उनलाई तारेखमा छाडिएको अदालतले जनाएको छ। सोही आरोप खेपिरहेका भोलाशङ्कर तिवारीलाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

मियाँ भारत अररिया राज्यको लोक जनशक्ति पार्टीका बहालवाला विधायक हुन्। विधायक मियाँ र तिवारीलाई गत कात्तिक २४ गते प्रहरीले काँकडभिट्टास्थित एक होटलबाट पक्राउ गरेको थियो।

व्यापारी अग्रवाल २०५८ साल माघ १३ गते अपहरणमा परेका थिए।

भारतका पप्पुदेव भूमिहारको नेतृत्वमा विराटनगरको साल्ट टे्रडिङ कर्पोरेसन अगाडिबाट उनलाई अपहरण गरिएको थियो। उनी ४१ दिनपछि तीन करोड २० लाख भारु फिरौती तिरेर अपहरणमुक्त भएका थिए।

यसैबीच उद्योगपति अग्रवालको अपहरण मुद्दाका मुख्य आरोपी तिवारीलाई नौ वर्षअघि नै एक मुद्दामा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकिएको बताइएको छ। फरार रहेकाले उसबाट कैद भुक्तान गर्न बाँकी नै थियो।

तिवारीमाथि २०५७ साल वैशाख २ गते सीमा प्रहरी चौकी रानीमा कार्यरत प्रहरी जवान भोलनाथ लुइँटेलमाथि गोली प्रहार गरेको अभियोग लगाइएको थियो।

जोगबनीबाट नेपालतर्फ अवैधरुपमा सामान भित्र्याउन खोज्दा तिवारीले प्रहरी जवान लुइँटेलमाथि गोली चलाएको थियो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.