रासस
मङ्सिर १-काकाको छोरालाई गोली हानी हत्या गरेर फरार भएका एक अभियुक्तलाई लहान प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहर्वा गाविस- ४ का ६२ वर्षीय हरिहरप्रसाद चौधरी छन्।
हरिहरलाई बिहीबार साँझ आफ्नै घरबाट पक्राउ गरी आज वडा प्रहरी कार्यालय(वप्रका) लहानले सार्वजनिक गरेको छ। प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाका अनुसार आफ्नै काकाको छोरा शिवनाथ चौधरीलाई विसं २०६३ असार ५ गते गोली हानी हत्या गरेर हरिहर फरार भएका थिए। विशेष सुराकीका आधारमा हरिहर पक्राउ परेको प्रहरीको भनाइ छ।
निरीक्षक खतिवडाले भने- ‘पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान गर्दा पक्राउ परेका हरिहरले रिसइबीका कारण आफ्नै काकाको छोरालाई कटुवा पेस्तोलले गोली हानी हत्या गरेको खुलेको छ।’
अभियुक्त हरिहरमाथिको कारबाही प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीले जनाएको छ।
Advertisements