हजार तिरे मापसे गरेर सवारी चलाउन पाइने ?

Posted: November 8, 2012 in By Deepak Kharel

प्रतिमा बाँस्कोटा

मादक पदार्थ सेवन गरेर किन सवारी चलाउन पाइूदैन ? किनभने सेवन गरेका सवारी चालकले राम्ररी चलाउन सक्दैनन् । चालक आफैं दुर्घटनामा पर्ने वा उसका कारण सडकमा हिंड्ने व्यक्तिको ज्यान जोखिममा पर्छ । तर जतिसुकै मादक पदार्थ सेवन गरेको व्यक्तिले सवारी साधन चलाएको भेटे पनि ट्राफिक प्रहरीले १ हजार रुपैयाँ जरिवाना लिएर छाडिदिने गरेको छ । ‘यसबाट एक हजार खर्च गर्न सक्नेले मदिरापान गरेर मनलाग्दी सवारी चलाउने छुट पाएको जस्तो देखियो,’ नाम उल्लेख गर्न नचाहने एक वरिष्ठ प्रहरी अधिकृतले भने ।

कानुन पालना गर्न लगाउने भन्दा कानुनी आधार टेकेर ट्राफिक प्रहरीले राजस्व बढाउनका लागि मात्र त्यसो गर्ने गरेको सर्वसाधारण बताउूछन् । ‘मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाउने भनेपछि चलाउनै दिनुभएन, लाइसेन्स राखेर भोलिपल्ट हजार रुपैयाँ तिरेपछि उन्मुक्ति दिन पाइूदैन,’ अनामनगरका प्रेम गुरागाइर्ं भन्छन् । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई नियन्त्रणमा लिएर उसको लाइसेन्स वा बिलबुक राखी सवारी साधन त्यही मापसे गरेको व्यक्तिलाई चलाउन दिने गरेको छ । ‘पटक- पटक नियम उल्लंघन गर्नेको त लाइसेन्स नै जफत गर्नुपर्ने हो,’ उनले भने ।

पैसा हुने व्यक्तिले महिनाको ३० औं दिन मादक पदार्थ सेवन गरेर सवारी चलाए पनि उनीहरूले सहजै उन्मुक्ति पाउने गरेका छन् । विशेषगरी राजनीतिक दबाब र प्रहरी अधिकृतका आफन्तहरू पनि पर्न थालेपछि यो व्यवस्था खुकुलो बनाइएको पनि प्रहरी अधिकारीहरू नै बताउँछन् । ‘अहिले सुरु भएको मापसे कारबाही फितलो र निष्प्रभावी भयो भने भविष्यमा सुधार गर्न निकै गाह्रो हुन्छ,’ उनले भने ।

विदेशी मुलुकमा एकपटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरे सवारी चालक अनुमतिपत्र रद्दसमेत हुन्छ । तर यहाँ जतिपटक गल्ती गरे पनि सजाय नगर्ने वा त्यसको रेकर्डसमेत नराख्ने परम्पराले मापसे कारबाहीलाई राजस्व उठाउने काममा मात्र मदत गरेको प्रहरी कर्मचारीहरू नै बताउूछन् ।

अघिल्लो सालको मंसिर १७ गते मापसे जाँच सुरु गर्दा त्यसरी सवारी चलाउने व्यक्ति एक रात छिूडीमा बस्नुपर्दथ्र्यो । भोलिपल्ट बिहान ट्राफिक महाशाखामा जम्मा भएर एक घन्टा ट्राफिक प्रहरीको भाषण सुनेपछि मात्र उम्कन पाउूथे । उनीहरूको सवारी साधन नै जफत गरिन्थ्यो । जाडोको समयमा उडुस भएको प्रहरी खोरमा बसेकाहरू नदोहोरिने गरेका थिए । तर अहिले हजार रुपैयाँ तिरेपछि मुक्ति पाउने गरेका कारण दोहोरिनेहरू प्रशस्त भेटिन थालेका छन् ।

मापसे जाँचको प्रभावकारिता बढिरहेका बेला प्रहरीले एक रात हिरासतमा बस्नुपर्ने नियमलाई हटाएर आफन्त बोलाइ जिम्मा लगाउन थालेको थियो । तर पछिल्ला ६ महिनामा त्यसलाई पनि हटाएर ट्राफिक प्रहरीले १ हजार जरिवानामा सीमित गरेको हो । २ सय रुपैयाूभन्दा माथि जरिवाना गर्ने कानुनी अधिकार ट्राफिक प्रहरीसूग नभए पनि यातायात व्यवस्था कार्यालयले त्यो अधिकार प्रत्यायोजन गरेको छ । ट्राफिक प्रहरीले दसैंताका दिनको समय र अन्य बेला रातको समयमा मापसे जाूच गर्ने गरेको छ ।

महानगरीय प्रहरी ट्राफिक महाशाखाका एसएसपी लव बिष्टले मापसे गरेका व्यक्ति चेकिङका क्रममा भेटिए उनीहरूलाई सवारी चलाउन नदिने गरेको दाबी गरे । उनका अनुसार मातहतका ट्राफिक प्रहरी कार्यालयलाई पनि त्यस्तै निर्देशन दिइएको छ ।

प्रकाशित मिति: २०६९ कार्तिक २३ १२:३२

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s