चिनियाँसहित पाँच पक्राउ

Posted: November 8, 2012 in By Deepak Kharel

जडिबुटी र बहुमूल्य पत्थरहरूसहित मण्डिखाटारबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ नागरिकसमेत छन्।
बा१ज ८०७७ नम्बरको ट्याक्सीमा रहेका उनीहरूबाट महानगरीय प्रहरी परिसरले जडिबुटी, विभिन्न देशका सिक्का, प्वाँलो, बुद्धको चित्र भएको गेडा, मुँगा, बहुमूल्य पत्थरहरू, आइगेट, धम्सी, मिटिमाला, यार्सागुम्बा, रक्तचन्दन, सतवा, स्याक र जन्तरबुटी बरामद गरेको छ। पक्राउ पर्नेमा कमल राई, ललित राई, चिनियाँ नागरिक नेइमा, अजित थपलिया र ट्याक्सी चालक चमार सिंह तामाङ छन्। उनीहरू जडिबुटी र दुर्लभ सामग्री कारोबारमा संलग्न रहेको प्रहरीको आशंका छ।

यसैगरी स्वयम्भूको किमडोलमा सिक्री लुटेको आरोपमा सोलुखुम्बुका टेन्डी शेर्पा पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार बा५२प ७५१९ नम्बरको मोटरसाइकलमा आएका शेर्पा र अर्का एक व्यक्तिले पैदलयात्रु खेदर लामाले सुनको सिक्री लुटेका थिए। साढे दुई तोलाको सिक्री लुटेर भाग्दै गर्दा मोटरसाइकल चालक शेर्र्पा समातिएका हुन्। लुटपाटमा संलग्न उनका साथी लोप्चन लामा भने सिक्री लिएर भागेको प्रहरीले जनाएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.