‘एन्टी करप्सन’ का नाममा बार्गेनिङ

Posted: November 8, 2012 in By Deepak Kharel

‘भ्रष्टाचार विरोधी अभियान’ का नाममा बार्गेनिङ गर्दै अनुचित लाभ लिने गिरोहको सक्रियता राजधानी काठमाडौंमा व्यापक रूपमा बढ्न थालेको पाइएको छ।
घुस र कमिसनका आधारमा काम हुने राज्यसंयन्त्रका हरेक तह तहमा ‘भ्रष्टाचार विरोधी अभियान’ नामक गिरोहका प्रतिनिधिहरू हिडेन क्यामेरा र टेप रेकर्डर लिएर प्रवेश गर्ने र भोलिपल्टदेखि त्यही क्यामेरा र टेपरेकर्डर देखाउँदै बार्गेनिङ गर्ने अभियानमा सक्रिय रहेको रहस्य फेला पारेको छ। यस्तो अभियानको सतहमा देखिने प्रमुख पात्र सञ्जीव भन्ने सञ्जय झा रहेको समाचार स्रोतको दाबी छ।
स्रोतका अनुसार शैक्षिक पेसामा आबद्ध भएको बताउने झाले कहिले आफ्नो नाम सञ्जीव र कहिले सञ्जय बताउने गरेका छन्। ‘मुभमेन्ट अफ एन्टी करप्सन’ नामक एनजीओ दर्ता गरेर यो अभियान सुरु गरेका झाका कारण भ्रष्टाचारीहरूभन्दा इमानदार कर्मचारीहरू बढी तर्सने गरेको पाइएको छ। भ्रष्टाचार गर्नेहरूले भने इन्कार गर्न थालेका छन्। रकम दिन नमान्ने कर्मचारीहरूलाई चाहिँ सो अभियानका सदस्यहरूले अख्तियार या नाम चलेको सञ्चार क्लबका अध्यक्ष लगाइदिन्छु भन्दै हतोत्साहित गर्ने गरेको समाचार स्रोतले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र रिपोर्टर्स क्लबको सहकार्यमा आफूले यो अभियान सुरु थालेको अभियानका प्रमुख झाले बताउने गरेको एक भुक्तभोगी कर्मचारीले बताए। उनका अनुसार बार्गेनिङका क्रममा झाले भन्ने गरेका छन्– ‘काठमाडौं उपत्यका खानेपानी बोर्डका महानिर्देशक हरिप्रसाद ढकाल र इन्जिनियर दिनेश विष्टलाई निलम्बन गरी मुद्दाको दायरासम्म पुर्‍याइदिएको मैले हो। तारा गाउँ विकास समिति र साल्ट ट्रेडिङको अनियमिततालाई अख्तियारमा दर्ता गराएको पनि मैले नै हो, नक्कली प्रमाणपत्रधारी चिकित्सकहरूबारे अभियान सुरु गरेको पनि मैले नै हो।’

यसरी दिनदहाडै हातमा क्यामेरा र टेपरेकर्डर लिएर सरकारी कार्यालय चहार्ने गिरोहप्रति राज्य प्रशासन भने मौन छ। यो गिरोहले केही भ्रष्ट प्रहरी र भ्रष्ट कर्मचारीहरूको सहयोग पाएको समाचार स्रोतले बताएको छ। नेपाल टेलिकमको कल डिटेलसमेत लिनसक्ने हैसियत उनले कसरी प्राप्त गरे? र, उनको एनजीओलाई कुन कुन दातृसंस्थाको सहयोग छ? भन्ने विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) समेत तसासे बनेको छ। कतिपयले भने अख्तिायार, सीबीआई, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रलगायत अपराध अनुसन्धानको जिम्मेवारी पाएका निकायमा बस्ने कर्मचारीहरूले बार्गेनिङका लागि ‘मुभमेन्ट अफ एन्टी करप्सन’ नामक एनजीओ खडा गरेको हुनसक्ने अनुमान गरेका छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s