व्यापारी मृत भेटिए, हत्या गरिएको आशंका

Posted: November 4, 2012 in By Deepak Kharel

विक्रम गिरी

महेन्द्रनगरमा एक व्यापारी आइतबार विहान मृत भेटिएका छन। महेन्द्रनगरको सब्जी मण्डीमा किराना पसल चलाउँदै आएका भीमदत्त नगरपालिका-२ का ४४ वर्षीय भुपेन्द्र पाण्डेय मृत भेटिएका हुन। पाण्डेयको शव पूर्व-पश्चिम राजमार्गको भाँसी नजिक आइतवार विहान फेला परेको हो।

विहानै वाटोमा हिँड्दै गरेका वटुवाले पाण्डेयको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मालपोत कार्यालय नजिकै रहेको पुलमुनी पाण्डेयको शव क्षतविक्षत अवस्थामा भेटिएको छ। शवको अवस्था हेर्दा कसैले मारेर फालेको देखिन्छ। उनको टाउकोमा गहिरो चोट छ। धारिलो हतियार प्रयोग गरेको जस्तो देखिन्छ। टाउकोको पछाडिको भाग फुटेको छ। अन्य भागमा पनि घाउ रहेको प्रहरीले जनाएको छ। शवसँगै उनले चढेको साइकल भेटिएको छ। ‘हत्यापछि कसैले साइकल राखेको जस्तो देखियो,’ अनुसन्धानमा खटिका एक प्रहरी अधिकृतले भने, ‘दुर्घट्नामा परेको जस्तो केही देखिन्न।’ अहिले घट्नास्थल पुगी प्रहरीले अनुसन्धान थालेको छ। कञ्चनपुरका प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे घट्नास्थल पुगेका छन। पाण्डेयको शवलाई पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ।

सब्जी मण्डीमा लामो समयदेखी पाण्डेय किराना पसल चलाउँदै आएका थिए। ‘साँझ ६ वजे नै तरकारी लिएर साइकलमा घर गएको हो,’ मृतक पाण्डेका भाई नरेन्द्र पाण्डेयले भने, ‘जाँड रक्सी कहिल्यै सेवन गर्दैनथ्यो, कसैले लुटपाट गरी हत्या गरे।’ दाइलाई साइकलमा घर पठाएका उनले पनि विहान मात्रै घट्नाबारे थाहा पाएका थिए।

गत कार्तिक ८ गते राती महेन्द्रनगर बीच बजारमा रहेको होटेल न्यु एभन एण्ड लजका कामदार २८ वर्षीय परमानन्द जोशीको हत्या गरिएको थियो। उक्त घट्नाको १२ दिनपछि अर्को घट्ना घटेको छ। जोशी हत्याकाण्ड सेलाउन नपाउँद प्रहरीलाई अर्को चुनौती थपिएको छ। महेन्द्रनगर वजार क्षेत्र तथा त्यस वरपर असुरक्षा बर्ढ्दै गएकोमा नगरवासी चिन्तित बनेका छन।
प्रहरी उपरिक्षक विनोद शर्मा घिमिरेले घट्नाको अनुसन्धान गरिरहेको बताए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s