इन्टरपोलको ८१औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक राना इटालीको रोम प्रस्थान

Posted: November 3, 2012 in By Deepak Kharel


केन्द्रीय प्रहरी समाचार कक्ष

“Challenges for police facing contemporary criminal violence” को नारासहित कात्तिक २० देखि २४ गतेसम्म इटालीको रोममा हुन गइरहेको इन्टरपोलको ८१औं महासभामा सहभागी हुन इन्टरपोल नेपालका प्रमुख प्रहरी
महानिरीक्षक कुवेरसिंह राना आज २३ः४५ बजे त्यसतर्फ प्रस्थान गर्नुभयो । उहाँको साथमा प्रहरी उपरीक्षक पुष्कर कार्की रहनुभएको छ ।

महासभामा आजको बद्लिंदो विश्व परिवेशमा विश्व जगतसामु चुनौतीको रुपमा देखा परेका नयाँ प्रकृतिका विविध अपराधहरुको रोकथाम एवम् सफल अनुसन्धान गरी विश्व जगतलाई भयमुक्त तथा अपराधमुक्त बनाई विश्व जगतलाई शान्तिको आभाष गराउनु रहेको छ ।

उक्त महासभामा मानव ओसारपसार तथा बेचविखन, आतंकबाद, समय समयमा हुने विविध किसिमका हिंसा, संगठित अपराध, सीमा सुरक्षा, प्रविधिमा प्रहरीको पहुँच, अवैध सामानको ओसारपसार, खोटाचलन, अवैध तथा नक्कली औषधी ओसार पसार, साइबर अपराध, वातावरणीय अपराध विषयहरुमा छलफल हुनुका साथै इन्टरपोलको कार्यकारीणी समितिमा खाली हुने विभिन्न पदहरुको निर्वाचन समेत हुनेछ ।

महासभालाई यसपटक मुख्य गरी २ भागमा विभाजन गरिएको छ । जस अन्तर्गत पहिलो इन्टरपोलका सदस्य राष्ट्रहरुका विभागीय मन्त्रीहरुको प्रहरी गतिविधि सम्बन्धी मन्त्रीस्तरीय वैठक सन् २०१२ नोभेम्बर ५ मा आयोजना हुनेछ । जसमा नेपालका माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजयकुमार गच्छदारको सहभागिता हुनेछ । दोस्रो सन् २०१२ नोभेम्बर ६ देखि ८ सम्म महासभा आयोजना हुनेछ जसमा सदस्य राष्ट्रहरुका प्रहरी प्रमुख तथा अन्य कानुन कार्यान्वयन गर्ने इकाई प्रमुखहरुको सहभागिता हुनेछ । जसमा नेपालकोतर्फबाट नेपाल प्रहरीका प्रमुख एवम् इन्टरपोल नेपालका प्रमुख प्रहरी महानिरीक्षक कुवेरसिंह राना सहभागी हुनेहुनेछ भने सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त पर्यवेक्षकको रुपमा सहभागी हुनुहुनेछ ।

उक्त महासभामा मुख्यगरी वर्तमान समयमा विकसित हुँदै आएका अत्याधुनिक प्रविधि प्रयोग गरी घटाइने नयाँ प्रकृतिका घटनाहरुविरुद्ध विश्वभरीका प्रहरी तथा कानुन कार्यान्वयन गर्ने इकाईहरुबीच समन्वय र सहकार्य अझ बढी समयानुकूल एवम् मजबुद पार्ने सम्बन्धमा विशेष जोड दिइने कार्यक्रम रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.