समान होइन ग्लुकोज

Posted: June 14, 2011 in By Deepak Kharel

लागु औषध बजारमा खैरो र सेतो हेरोइनको अभाव भएपछि त्यसलाई प्रतिस्थापन गर्ने औषधीजन्य लागू औषधको ओसार-पसार र कारोवार फस्टाएको छ । जसको पछिल्लो उदाहरण हो शनिवार राजधानीमा बरामद गरिएको ठूलो परिमाणको औषद्यिजन्य लागु पदार्थ ।
लागुऔषध नियन्त्रण कार्यान्वयन इकाइले शनिबार राजधानीको जगन्नाथदेवलबाट चार-चार हजार थान डाइजेपाम एम्पुल र बुपि्रनर्फिनसहित यसका तीन जना कारोबारीलाई पक्राउ गरेको छ । वीरगाजबाट काठमाडौं आएको ना।२ ख ४४४ नम्बरको ट्रकमा अन्य सामानका साथ लुकाएर ल्याइएको आठहजार थान लागुऔषधका एम्पुलसहित उनीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेमा ट्रकका चालक धादिङका विकास चेपाङ र सामान लिन आउने काभ्रेपलााचोकका कान्छी र पविता तामाङ छन् । लागुऔषध कारोबारीले ट्रक चालक चेपाङलाई सामान पुर् याएबापत दश हजार र तामाङद्वयलाई सामान सम्बन्धित ठाउमा पुर् याएबापत एक-एक हजार रुपैयाँ दिने बताएका थिए । तर कान्छी तामाङ यसअघि पनि लागुऔषधसहित पक्राउ परेको आधारमा उनी संगठित कारोबारी भएको प्रहरीको दाबी छ ।
इकाइका अनुसार बरामद गरिएको लागुऔषधको बजार मूल्य बीसलाख पर्छ । तर मागअनुसार मूल्यमा बढोत्तरी हुँदा त्यसको विक्री मूल्य चालिस लाख भन्दा बढी हुन सक्ने प्रहरीको भनाइ छ । बरामद गरिएको डाइजेपाम र बुपि्रनर्फिनको काठमाडौंका लागि आधिकारीक विक्रेता वीर अस्पतालस्थित साझा औषधि लिमिटेड मात्रै हो । तर यसरी काठमाडौं भित्र्याइएको यि औषधी लागू औषधका रुपमा प्रयोग गर्न गरिको प्रहरीको भनाइ छ । भारतीय बजारमा डाइजेपामको १२ रुपैयाँ र बुपि्रनर्फिनको १३ रुपैयाँ पर्छ । तर ति औषधी काठमाडौंमा पाँचसयदेखि एकहजार रुपैयाँसम्म विक्री हुन्छ । नाफाको प्रतिशत अत्यधिक हुने हुँदा यसका कारोबारीले भरियामार्फत यस्तो कारोबार गरिरहेका छन् । बरामद गरिएको औषधी भारत रक्सोलका वीरेन्द्र क्षेत्रीको भएको प्रहरीको दाबी छ । तर क्षेत्री को हुन् यसबारे उसँग कुनै सूचना छैन ।
त्यस्तै इकाइले गतसाता भारत रक्सोलका १७ वर्षीय नुरुला सेखका साथबाट ४५ ग्राम खैरो हेरोइन र बाराका मुस्लिम देवानका साथबाट चालिस किलो चरेस बरामद गरेको छ । गतसाता बरामद गरिएको औषधिजन्य लागुपदार्थको मात्राले राजधानीमा लागुऔषधको फस्टाएको कारोवारलाई झनै स्पष्ट पारेको छ ॥

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.