मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ

Posted: May 10, 2011 in By Deepak Kharel

महानगरीय प्रहरी अपराध महाशाखामा मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ परेका छन् । हनुमानढोकास्थित अपराध महाशाखाको कार्यालयबाट ३ जनालाई नियन्त्रणमा लिइएको हो ।

मुद्दा मिलाउन अपराध महाशाखाका प्रहरी अधिकृतलाई दिन ६ लाख रुपैयाँ चाहिने भन्दै उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेपाल लोकतान्त्रिक समाजवादी दलका केन्द्रीय सदस्य सुनसरीका राजेश झा, देवराज बुढाथोकी र शान्ता अधिकारी रहेका छन् ।

प्रहरीका अनुसार जग्गासम्बन्धी विवाद मिलाउने नाममा सुनसरीका कर्णबहादुर श्रेष्ठले ठगिएको भन्दै उजुरी दिएका थिए । उजुरीका आधारमा भक्तपुरका पुरुषोत्तम भटु फक्राउ परेपछि २ लाख रुपैयाँ दिए मुद्दा मिलाइदिने भन्दै ठगी गरेको प्रमाणित भएपछि उनीहरूलाई पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट २ लाख रुपैयाँ र पार्टीको परिचयपत्र समेत बराद गरेको छ । पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरीलाई अपशब्द बोलेको जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.