मान्छे होइन नियत बदल्नु परो :आइ जी पी साप!!!!

Posted: May 6, 2011 in By Deepak Kharel

पछिल्ला केही घटनाले राजधानी काठमाडौंको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाइरहँदा यहाँ प्रहरी प्रमुख फेरिएका छन् । तर व्यक्ति परिवर्तन भन्दा पनि रणनीति परिवर्तन आवश्यक छ भन्ने तथ्यलाई प्रहरी मुख्यालयले चटक्कै भुलेको छ ।

काठमाडौं प्रहरीप्रति विभिन्न टिप्पणी जारी रहँदा उसले राजनीतिक दवावमा एक कुख्यात आरोपीलाई सामान्य मुद्दामा छोडिदिएको छ । जसले अपराध र प्रहरी संगठनमा राजनीतिक नेतृत्वको छायाँलाई झनै प्रष्ट्याएको छ ।बर्षान्त अन्त्यमा राजधानीको अपराधको पारो सिधा उकालो लाग्यो । सम्साझै भारतीय व्यवसायी अन्जनीकुमार चाचनको गोली प्रहार गरी हत्या गरियो । यसअघि नै सुरक्षित मानिएको केन्द्रीय कारागारभित्रै त्यहाँ रहेका बन्दी युनुस अन्सारी उपर गोली प्रहार भयो भने त्यहाँका बन्दी पाकिस्तानी नागरिक अस्पतालबाटै फरार भए । आलोचित भईरहेको प्रहरी संगठनले सुरक्षा चाँजो मिलाउन नपाउँदै पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारी उपर सांघातिक आक्रमण भयो भने नवनियुक्त मन्त्रि गोकर्ण विष्ट खुकुरी प्रहारबाट घाइते भए । यि घटनाक्रमको पुनर्मुल्याङ्कन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले काठमाडौंका प्रहरी प्रमुख पुष्कर कार्कीको काज सरुवा फिर्ता गर्दै उनलाई प्रहरी प्रधान कार्यालय झिकायो भने त्यहाँ कार्यरत केदार रिजाललाई काठमाडौं प्रहरी प्रमुखमा नियुक्त गर् यो । तत्कालिन अवस्थामा गृह मन्त्रालयको काम सुचारु नभईसकेको कारण प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीले महानगरिय प्रहरी आयुक्त अर्जुनजंग शाहीको सरुवा सिफारिस अझै गृह मन्त्रालयमा विचाराधिन छ । यसबीच प्रहरी संगठनले प्रधान कार्यालयले गरेका स्थानान्तरणलाई सुरक्षाको नयाँ रणनीति भन्ने पगरी गुथाईदियो । तर कारण थियो प्रहरी महानिरीक्षक नजिकका प्रहरी अधिकारीलाई आफुले चाहेको स्थानमा पुर् याउनु ।
व्यापारी चाचन हत्या काण्डपछि प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी मारवाडी सेवा समितिसँग हत्यारा सार्वजनिक गर्न दश दिनको अल्टिमेटम लिएको पनि महिना वित्न लाग्यो । मन्त्रिमाथिको सांघातिक आक्रमण र एक जना कुटनीतिक नियोगका कर्मचारी उपर भएको हमलाका दोषी कहाँ छन् प्रहरी संगठन नै अनभिज्ञ छ । तर प्रहरी संगठन भित्र कसरी आफ्ना मान्छे ठाउँमा पुर् याउने र अर्कोतर्फ कसरी सरुवा सिफारिस रोक्ने भन्ने उपायमा प्रहरी प्रधान कार्यालय रहेको छ । सरुवा भएर आएका काठमाडौं प्रहरी प्रमुख केदार रिजालको कि्रयाकलाप पनि पुरानै ढर्रा शैलीको भन्दा फरक देखिएन ।
संगठन प्रमुखबाट काम कारवाही सन्तुष्ट नभएपछि सरुवा सिफारिस गरिएका महानगरीय प्रहरी आयुक्त अर्जुनजग शाहीले आफ्नो सरुवा सिफारिस रोक्न मोहरा बनाए चर्चित डन दिनेश अधिकारी उर्फ चरीलाई । दुईहजार बैसठ्ठी सालदेखि पैसठट्ठी चैत्रसम्ममा आधा दर्जन बढी ज्यान मार्ने अभियोग लागेका चरीलाई रातारात प्रशासन खुलाएर रिहा गरियो । बैसठ्ठी साल कार्तिकमा प्रकाशराज सिलवालको ज्यान मार्ने उद्योगमा मंसिरमा पक्राउ परेका चरि पुसमा प्रहरी हिरासतबाटै फरार भएको प्रहरी अभिलेखमा सुरक्षित छ । प्रहरीको चलानी नम्बर हजार चौहत्तरद्वारा तत्कालिन वडा प्रहरी कार्यालय दरवारमार्गले तत्कालिन जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई जानकारी गराएको छ ।
दुई हजार पैसठ्ठी साल चैत्र छ गते नयाँ बजारमा गोलढुंगाका निरन्जन सिलवाल उपर गोली प्रहार गरेको अभियोग लागेका चरिलाई महानगरिय प्रहरी आयुक्तको कार्यालयबाट खटिएको विशेष टोलीले दुई हजार अडसठ्ठी बैशाख एघार गते नागढुंगा चेकपोष्टबाट पक्राउ गर् यो । पक्राउ परे लगत्तै उनिसँगै पक्राउ परेका अन्य एघार जना व्यक्ति मन्त्रि गोकर्ण विष्टलाई हमला गर्न संलग्न रहेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको जानकारी गरायो महानगरीय प्रहरी आयुक्तको कार्यालयले । तर बुधबार मात्र चरि रिहा भए भने अन्य दश जना अझै प्रहरी हिरासतमा छन् । नाटकीय रुपमा पक्राउ परेका चरिका साथबाट घरेलु हतियार बरामद गरिएको जानकारी गराईए पनि उनि उपर सामान्य कसुरको अभियोग लगाउँदै मुद्दा दायर गरिएको थियो । स्रोतका अनुसार नेकपा एमालेका प्रभावशाली नेतासँग नजिकको सम्वन्ध भएका चरि एमाले धादिङ क्षेत्र नम्बर एकका उपाध्यक्ष समेत हुन् ।
गृहमन्त्रालयमा सुरक्षित छ दिनेश अधिकारी चरि उपरका अभियोग । जिल्ला प्रशासन कार्यालयले एक जना आरोपीका लागि के कति कारणले कार्यालय समय भन्दा निक्कै ढिलोसम्म खुल्ला गर् यो । र महानगरीय प्रहरीले एकाएक चरीसँगको रवैया परिवर्तन गर्दै सामान्य अभियोगमा मुद्दा दायर गर् यो । यो लगायत समग्र सुरक्षा रणनीति बनाउन नवनियुक्त गृहमन्त्री कृष्णबहादुर महराको अघिल्लो कदम के हुनेछ महराले प्रहरी संगठनकै रणनीतिलाई अंगिकार गर्नेछन् या अन्य कुनै रणनीति बनाउनेछन् संक्रमणकालिन देशको सुरक्षा अवस्थाका लागि ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s