दलालबाट ठगिएका युवक द्वारा हङकङ प्रहरीमा जाहेरी

Posted: April 1, 2011 in By Deepak Kharel

महिनाको सत्तरी हजार रुपैयाँसम्म कमाइ हुने दलालको प्रलोभनमा करिब पाँच महिनाअघि अवैधानिक तवरले हङकङ पसेका एकले हालै दलालका विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । बाग्लुङ दमेकका बीस वर्षीय मिलन पुनले हङकङ आईडी वाहक टिका शिरिष (खेम पुन-हङकङ आईडीमा उल्लेखित नाम) अवैध कामदार ओसार्ने धन्दामा संलग्न रहेको दाबी गर्दै प्रहरीमा उजुरी गरेका हुन् । ठगिएर हङकङ भित्रेकाहरुमध्ये प्रहरीमा किटानी जाहेरी दिने उनी पहिलो पीडित हुन् । उनीजस्तै दलाल पीडित युवाहरुको संख्या यहाँ दुईसय बढी छ । बाग्लुङ धम्जाका प्रमोद शिरिषले अन्य पँाच जनासँगै मिलनलाई चार लाख पचास हजार रुपैयाँ असुलेर चीनको गोञ्जाउ हुँदै यहाँ प्रवेश गराउने बन्दोबस्त मिलाएका थिए । टिका दलाल प्रमोदका सहोदर दाजु हुन् । चार लाख नेपालमै बुझाएका मिलनले बाँकी पचास हजार भने चीनको गोन्झाउ आइपुगेपछि टिकालाई बुझाएका थिए । टिका स्वयं छ जनालाई लिन गोन्झाउ पुगेका र पीडितहरुबाट पैसासमेत बुझेकाले उनको संलग्नता रहेको दाबीसहित पुनले प्रहरीमा जाहेरी दिएका हुन् । हङकङस्थित संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसिआर) मा शरणार्थीका लागि आवेदन दिएपछि वैधानिकरुपमै काम गर्न पाइने पीडितहरुलाई झुठो जानकारी दिइएको थियो ।

आफू बिचल्ली परेका भएपनि यस्ता काम गर्ने दलालहरुलाई समाजमा नङग्याउनै पर्ने ठानी प्रहरीमा जाहेरी दिने हिम्मत गरेको उनले बताए । यद्यपि उनले भाषागत समस्याका कारण मुद्दा अगाडि बढाउन अप्ठ्यारो परिरहेको गुनासो पोखे । ‘हङकङ भनेपछि के-के नै होला भन्ने सोचेर आइयो,’ सयकढा तीनका दरले ऋण लिएको बताउदै उनले भने, ‘यहाँ त गाँसबाँसको समेत टुंगो छैन ।’ परिवारमा आमा, एक दाई र बहिनी रहेको बताउने मिलन बाह्र कक्षा पढ्दै गर्दा विचैमा छाडेर आएको सुनाए । ‘पैसा फिर्ता भए म भोलि नै घर र्फकने थिए,’ उनले रुञ्चे स्वरमा भने, ‘हङकङ प्रहरीले दिलाउन नसके नेपाल पुगेर पैसा फिर्ता हुने त झन के आशा गर्नु ?’ अवैध मानवओसारपसार धन्दालाई हङकङमा जघन्य अपराधको श्रेणीमा राखिएको सोलिसिटर एकनारायण शर्माले जनाएका छन् ।

स्थानीय दलाल टिका शिरिष अहिले सम्पर्कविहिन छन् । भैरहवाका इन्द्र बहादुर चौधरी र नवलपरासीका रोहित कुमार चौधरीले समेत टिकाका विरुद्ध प्रहरीमा जाहेरी गरेका भएपनि दलालले पैसा फिर्ता गर्ने लोभ देखाएपछि हाल प्रहरीको सम्पर्कमा नआएको मिलनले बताए ।

यातनासम्बन्धी निवेदन दाबी गरेका मिलनसहित दर्जनबढी नेपालीलाई प्रमाण नपुगेको बताउदै अध्यागमनले स्वदेश फर्कन पत्र थमाएको छ । संयुक्त राष्ट्रसंघको यातनाविरोधी अभिसन्धि (कन्भेन्सन एगेन्स्ट टर्चर-क्याट) मा हङकङले समेत हस्ताक्षर गरेकाले सोसम्बन्धी दाबी गरी बसेकालाई सजिलै देशनिकाला गर्न सक्दैन । तर नक्कली दाबी गर्नेहरु अत्यधिक बढेपछि हाल यस्ता मुद्दा एक-दुई महिना भित्रै टुंग्याएर फिर्ता पठाउने गरिएको सोलिसिटर शर्माले बताए । यातना दाबी गर्ने दस हजार भन्दा बढी मध्ये हालसम्म एकजनाको निवेदन समेत स्वीकृत नभएको समेत उनको दाबी थियो । यस्तो दाबी गर्ने नेपालीको संख्या करिब पाँचसय छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.