श्रीमतीलाई ३० हजारमा बेच्ने पक्राउ

Posted: March 10, 2011 in By Deepak Kharel

कैलालीका एक युवाले आफ्नो श्रीमतीलाई भारतमा लगेर ३० हजार भारुमा बेचेका छन। श्रीमती भारतमा बेचेको आरोप लागेका युवालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको चौमला गाविस वडा नम्बर ८ बनबेहडा बस्ने २५ बर्षिय शिवराज जोशीले आफ्नी श्रीमती भुवनेश्वरीलाई ३० हजार भारुमा बेचेका हुन्। उनले भारतको राजस्थानका नागरिक सेतुराम भाटीलाई श्रीमती बेचेको आरोप छ। श्रीमती बेचेको आरोपमा भारतबाट घर फर्कने बित्तिकै उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रेम चन्दले बताए। अदालतबाट आदेश लिएर उनलाई बुधबार देखि हिरासतमा राखेको उनले बताए।

शिवराजले आफ्नो श्रीमती महेश्वरीलाई आठ महिनाअघि भारतीय नागरिकलाई ३० हजारमा बेचेको स्विकारेका छन।
‘श्रीमती मरेकाले छोराछोरी हेर्न भारतीय नागरिक सेतुरामले मलाई महिला खोजीदेउ भने। ३० हजार भारु दिन्छु भनेपछि मैले आफ्नै श्रीमती उसलाई दिएको हुँ,’ जोशीले बताए।

छोरा छोरी नहुने समस्या देखिएकाले रु ३० हजार भारु लिएर श्रीमती उसलाई बेचेको उनले बताए। उसले छोराछोरी नहुने श्रीमती मलाई ठिक हुन्छ भनेर पैसा दिई लगेको उनले बताए।

गत माघ २८ गते अभियुक्त शिवराजले आफ्ना जेठाबुबा हरिलाल जोशीलाई फोन गरेर श्रीमती सरसामान लिएर भागेको बताएका थिए। उनका जेठाबुवा हरिलालबाट महेश्वरीका माइती पक्षले छोरी हराएको थाहा पाएका थिए।

छोरी बेचिएको आशंकामा महेश्वरीका माइती पक्षले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन।

‘फोनबाट महेश्वरी भागी भनेर भनेपछि हामीलाई भान्जी बेचिएको आशंका लाग्यो,’ महेश्वरीका मामा भोजराज भट्टले भने। फोनबाट कुरा पनि अनेक खाले गर्नाले शंका लागेर प्रहरीलाई उजुरी दिएको उनले बताए।

आरोपित जोशीलाई भारतबाट घर फर्कने बित्तिकै घरबाट पक्राउ गरेको प्रहरीले बताएको छ। जोशी गत शुक्रबारमात्र भारतबाट घर आएका थिए।
भारतीय सुरक्षाकर्मीको सहयोग लिएर बेचिएकी महेश्वरीको उद्धार गरिने प्रहरी उपरिक्षक चन्दले बताए। प्रहरीले उनी बिरुद्ध मानव बेचबिखन सम्बन्धी मुद्धा चलाएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s