सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशन: कानुनविपरीत काम गर्न कसैले दबाब दिए मलाई भन्नुस्

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानूनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए आफूलाई भन्न मातहतका कर्मचारी तथा सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, झापामा आज सुरक्षा अधिकारीलाई निर्देशन दिने क्रममा मन्त्री लामिछानेले कानूनले दिएको जिम्मेवारी पूरा आग्रह गरे । ‘आम नागरिकलाई सेवा दिनु नै तपाईं, हाम्रो जिम्मेवारी हो । राजनीतिक रूपमा सरकार आउँछन्, जान्छन् । स्थायी सरकार (कर्मचारी)ले नागरिकको सेवालाई प्राथमिकता दिनुपर्छ,’ उनले भने ।
मन्त्री लामिछानेले नागरिकका गुनासो सम्बोधनमा प्राथमिकता दिन, नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्न निर्देशन दिए । ‘कामका लागि निर्देशन कुर्ने होइन । आइडिया लगाएर काम गर्नु पर्छ,’ उनले भने ।

आफू प्रश्न सोध्नेबाट जवाफ दिने ठाउँमा पुगेको भन्दै उनले कर्मचारीको काम नै आफ्नो जवाफको आधार भएको बताए । ‘मलाई नाजवाफ बनाउनु हुन्छ कि स्पष्ट जवाफ दिने ? तपाईंहरुको हातमा छ । त्यही अनुसार काम गर्नुस्,’ लामिछानेले भने ।
पीडितभन्दा पीडक पहिला प्रशासन, प्रहरीमा आउने, उनीहरुसँगै प्रशासन, प्रहरीको हिमचिम गर्ने प्रवृत्ति अन्त्य गर्न पनि उनले निर्देशन दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *