उपनिर्वाचन : ३१ को उम्मेदवारी फिर्ता, २७६ जनालाई निर्वाचन चिह्न (सूचीसहित)

स्थानीय तह उपनिर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । आज (बुधबार) निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिएको जानकारी दिएको छ । आयोगका अनुसार, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र...

सहकारी ठगी प्रकरण

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो। साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिसकेको थियो । ८ असोजमा जीवी राईसहित १७ जनालाई प्रतिवादी...

कार्यकारीलाई सबै अधिकार दिँदा विद्युत प्राधिकरणका समस्या समाधान गर्न सकिएन : ऊर्जामन्त्री

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सम्पूर्ण अधिकार कार्यकारीलाई दिएका कारण प्राधिकरणमा उत्पन्न समस्या समाधान गर्न सरकारलाई गाह्रो भइरहेको बताएका छन् । बुधवार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक,...

१२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात

चालू आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब...

पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको हो । ‘चालु आवको सुरुमा कुल...