उद्योगविरुद्ध कुलमान : ३४ उद्योगको बैंक खाता र सेयर कारोबार रोक्न तीन निकायलाई पत्राचार
नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध तीन निकायलाई पत्राचार गरेको छ । प्राधिकरणले आज (बुधबार) नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै कारबाही गर्न सिफारिस गरेको हो...
घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउनेगरी प्रभावकारी रूपमा काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएकाले विद्यमान स्थितिमा...
बक्यौता बुझाउन बाँकी उद्योगहरूमा बिजुली नकाट्ने विद्युत् प्राधिकरणको निर्णय
नेपाल विद्युत् प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ । बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको हो । विद्युत् नियमन आयोगले उद्योगहरूको बिजुलीको लाइन...
रोकिएको आइपिओ निष्कासन चाँडै सुरु हुन्छ : अध्यक्ष श्रेष्ठ
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बुधवार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरू अघि बढेको...
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइनको पुनः बोलपत्र आह्वान
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गतवर्ष आह्वान भएका...